• गृहपृष्ठ
  • १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा महरा पक्राउ

१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा महरा पक्राउ

Jan 17th, 2020

सिराहा, माघ ३

१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धनगढीमाई नगरपालिका ११ घर भएका १९ वर्षीय बिनोद महरालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

महराले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।