• गृहपृष्ठ
  • छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुुई जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुुई जनाको मृत्यु

Jan 17th, 2020

काठमाडौं, माघ ३

सिरहाको कर्जन्हा नगरपालिका १० मनहर्वा्स्थित सडकमा बा.१२ च ५९४४ नम्बरको जिपले प्रदेश नम्बर २-०१-००१ स ०२९८ नम्बरको टेम्पुलाई बिहीबार दिउँसो ठक्कर दिँदा टेम्पु चालक सिरहा नगरपालिका १८ तारापट्टी बस्ने ४५ वर्षीय रामजतन रायको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका रायको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । दुबै सवारी साधनलाई नियन्त्रणमा लिई फरार जिप चालकको प्रहरीले खोजी गरिरहेको छ ।

चितवन, भरतपुर महानगरपालिका १० हाकिमचोकस्थित सडकमा बिहीबार बेलुका हाल नम्बर नखुलेको कारको ठक्करबाट झापा घर भई हाल चितवन भरतपुर महानगरपालिका १० स्याउली बजार बस्ने ३० वर्षीय गोपाल तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका तामाङको जिल्ला सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले दुर्घटनामा संलग्न रहेको आशंकामा बा.१३ च ३९१ नम्बरको कारलाई नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।