आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

Jan 17th, 2020

काठमाडौं, माघ ३

ललितपुर, ललितपुर महानगरपालिका १ संकटापुल नजिक मोटरसाइकल वर्कसपमा शुक्रबार साँझ आगलागी भएको छ । आगलागीको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले स्थानीयवासी र ६ वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको छ । क्षतिको विवरण हाल खुल्न सकेको छैन् ।

मोरङको धनपालथान गाउँपालिका ३ मायागञ्ज बस्ने लकेश्वर मण्डलको खेतमा रहेको परालको टाँलमा बिहीबार साँझ आगलागी हुँदा करिब १ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।