• गृहपृष्ठ
  • समुदाय प्रहरी साझेदारी अन्तर्गत सुरक्षा सुदृढिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

समुदाय प्रहरी साझेदारी अन्तर्गत सुरक्षा सुदृढिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

Jan 17th, 2020

काठमाण्डौ, माघ ३

समुदाय प्रहरी साझेदारी अन्तर्गत सुरक्षा सुदृढिकरण तथा अपराध नियन्त्रणको लागि स्थानिय सरोकारवालाहरूसँग छलफल एवं अन्तरक्रिया कार्यक्रम महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलको प्रमुख आतिथ्यतामा फर्पिङमा बिहिबार सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक पोखरेलले कार्यक्रममा उठेका जिज्ञासाहरुको जवाफ दिनुहुदै समुदाय प्रहरी साझेदारी कार्यक्रमले विकास र सुरक्षामा चासो राख्ने आम नागरिकहरूलाई एकै थलोमा उभ्याउन सफल भएको भन्दै सार्वजनिक कार्यक्रममा उठेका जिज्ञासाहरूले भावी रणनीतितय गर्न सहज हुने भएकाले समाजले प्रहरी हाम्रो हो भने मात्र भोलिका दिनहरूमा सुरक्षा सुदृढिकरण गर्न सकिने बताउनुभयो ।

सुरक्षा सबैको साझा बिषय भएकाले प्रहरी एक्लैले मात्र सुरक्षित समाज तथा समाजमा हुने विभिन्न प्रकारका अपराध नियन्त्रण गर्न नसकिने भएकाले समुदाय प्रहरी बिच सुमधुर सम्बन्ध हुनुपर्ने बताउनुहुदै दक्षिकाली नगरपालिका र ईलाका प्रहरी बिचमा सुमधुर सम्बन्ध भएको पाउँदा खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथि पोखरेलले समाजको चाहना र प्रहरीको प्रयत्न एउटै भएकोले प्रविधिको दुरूपयोगबाट सिजित अपराध रोकथामको लागि समुदाय र प्रहरी बिच सहकार्य अपरिहार्य रहेको विश्वास व्यक्त गर्नुभयो । शान्ति सुरक्षा कायम गर्ने हाम्रो जिम्मेवारी निर्वाहमा हामी कहीं कतै कसैसंग कुनै प्रकारको सम्झौता नगरी काम गर्ने छौं । सुशासन, भष्ट्राचारमा शुन्य सहनसिलता र प्रहरीको आचरण व्यवहारमा सुधार गरी गुणस्तरीय प्रहरी सेवा प्रवाह गर्ने मेरो एक मात्र उद्धेश्य छ, यसमा यहाँहरु सबैको सहयोगको अपेक्षा गर्दछु ।

साथै उक्त अवसरमा दक्षिकाली नगरपालिकाका मेयर मोहन बस्नेतले नेपाल प्रहरीले ल्याएको यस समुदाय प्रहरी साझेदारी कार्यक्रम समाजमा हाल घटिरहेका अपराधहरुको रोकथाम र नियन्त्रणमा निकै प्रभावकारी रहेको बताउदै दक्षिकाली नगरपालिकामा धार्मिक मठ मन्दिर भएको र देश विदेशबाट पर्यटक आउने भएकाले सुरक्षित नगर निमार्ण प्रहरीलाई हामी सबैले सहयोग गर्नुपर्ने भयो ।

कार्यक्रममा दक्षिकाली नगरपालिकाले १ थान मोटरसाईकल, ५ थान सिसि टिभी, र १ थान १ थान टेलिभिजन ईलाका प्रहरी कार्यालय फर्पिङलाई हस्तातरण गरेको कार्यक्रममा प्रहरी प्रधान कार्यालय विपद महाशाखाले आगलागिबाट बच्ने उपाय सम्बन्धि प्रस्तुतिकरण गरेका थिए । ईलाका प्रहरी कार्यालय फर्पिङको आयोजनामा त्रिभुवन आदर्श मा.वि.को परिसरमा सम्पन्न भएको थियो ।