मिस ब्युटी क्वीन नेपाल २०२०’ मा शाही

Jan 17th, 2020

काठमाडौँ ३ माघ (रासस)

सिजन मिडियाले सञ्चालन गरेको एमआरएस ‘मिस ब्युटी क्वीन नेपाल २०२०’ को विजेता सन्तोषी शाही बन्नुभएको छ । विजेताले ‘लेट मिइन मिसेस ब्युटी क्वीन नेपाल २०२०’ को उपाधिसहित टिभिएस स्कुटर, इन्डोनेशियाको बाली भ्रमणको टिकट र विभिन्न उपहार प्राप्त गर्नुभएको छ । यस्तै ‘फस्ट रनर अप’मा सविता शर्मा र ‘सेकेण्ड रनर अप’मा सीता आचार्य पौडेल चयन हुनुभएको छ । उहाँहरुले दुवैले बाली भ्रमणको टिकट विभिन्न उपहार प्राप्त गर्नुभएको छ ।

‘थर्ड रनर अप’मा रञ्जना निरौला, र ‘फोर्थ रनर अप’मा देवकला पुनः छनोट हुनुभएको छ । यस्तै ‘टाइटल अवार्ड’ हातपार्नेमा देवकला पुन, सिर्जना गौतम, सिर्जना पनेरु, सरिता कर्ण वियारी, अमिता अमात्य, दिपा ढुङ्गाना, सुहाना अर्याल, सन्तोषी शाही, उर्मिला खत्री, समीसा गिरी, सिताअर्चना पौडेल, सुम्निमा चौधरी, देवकला पुन, सविता शर्मा, रञ्जना निरौला, रस्मिला शाही, सविता शर्मा र रिता कार्की रहनुभयो ।

सिजन मिडियाले विगत गत तीन वर्षदेखि निरन्तररुपमा लेट मिइन कोरियन स्कीन हस्पिटलको सहयोगमा मिसेज ब्युटी क्वीन नेपाल सञ्चालन गर्दै आएको छ । प्रतियोगितात्मक कार्यक्रमले विवाहित महिलाको व्यक्तित्व विकास तथा आत्मविश्वास अभिवृद्धि गराउनुका साथै नेतृत्वदायी क्षमताको विकास गराउने मिडियाका अध्यक्ष प्रदीपराज वन्तले बताउनुभयो । “घर परिवार र समाजमा शिक्षित, सबल र जिम्मेवार व्यक्तिको रुपमा रुपान्तरण गर्न सहयोग पुगोस् भन्ने हेतुले विवाहित महिलालाई ध्यानमा राखेर प्रतियोगितात्मक कार्यक्रम गर्दै आएका छौँ”, उहाँले भन्नुभयो ।

करिब २५ दिनको प्रशिक्षण अविधिमा आन्तरिक प्रशिक्षणको क्रममा अफिसियल कोरियोग्राफर रोजीन शाक्यले व्यक्तित्व विकास साथै ‘स्टेज पर्फमेन्स’का तयारी कक्षाहरु गराउनुभएको थियो । “प्रतियोगीहरुको तालिम अवधिको कार्य क्षमताको बारेमा मूल्याङ्न गरी १०० पूर्णाङकको लब्धाङ्कपत्र एक दिन अगावै नै उपलब्ध गराएका थियौँ”, अध्यक्ष वन्तले भन्नुभयो, “उक्त आन्तरिक मूल्याङ्कनको प्राप्त अङ्क र यस कार्यक्रममार्फत निर्णायक मण्डलले दिएको प्राप्त अङ्क जोडेर मात्र विजेता चयन गरेका हौँ ।”