• गृहपृष्ठ
  • संसद्को गतिरोध चाँडै हट्छ :अध्यक्ष तिमिल्सिना

संसद्को गतिरोध चाँडै हट्छ :अध्यक्ष तिमिल्सिना

Jan 17th, 2020

पर्वत, ३ माघ (रासस)

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सामुदायिक विद्यालयलाई प्राविधिक शिक्षालयको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

पर्वतको मोदी गाउँपालिका–७ राम्जादेउरालीमा अवस्थित पशुपति माविको स्वर्ण महोत्सव समान समारोहलाई बिहीबार सम्बोधन गर्दै उहाँले एक स्थानीय तह एक प्राविधिक शिक्षालय स्थापना गर्न आवश्यक छ भन्नुभयो । उहाँले सोही विद्यालयबाट प्रारम्भिक शिक्षाको शुरुआत गर्नुभएको थियो ।

अध्यक्ष तिमिल्सिनाले सङ्घीय संसद्मा देखिएको गतिरोध चाँडै हट्ने, दलीय सहमतिबाट टुङ्गिने सभामुखको चयन प्रक्रियाले चाँडै पूर्णता पाउने र रोकिएका विधेयक छिट्टै टुङ्गो लाग्ने बताउनुभयो ।

नेकपाका केन्द्रीय सदस्य गुप्त हमालले मुलुक विकास र समृद्धिको दिशामा अघि बढेको बताउँदै अब ढुक्क भएर काम गर्नुपर्ने बेला आएको बताउनुभयो । स्वर्ण महोत्सवका सबै कार्यक्रम सकिएको आयोजक समितिका सचिव रमेश केसीले कार्यक्रममा जानकारी दिनुभयो ।