नगद चोरी

Jan 17th, 2020

काठमाडौं,३ माघ
आधारभूमी संवाददाता

ललितपुरको महालक्ष्मी नगरपालिका-७ टिकाथली बस्ने शंकर वाग्लेको घरमा बिहीबार राती चोरी भएको छ ।

घरको तल्लो तल्ला फोरि नगद ८५ हजार रुपैयाँ चोरी भएको घर धनी शंकर वाग्लेले बताए । सो घरमा यस भन्दा अघि २०६० सालमा पनि चोर पसि धनमाल चोर्न असफल भएको थियो ।

चोरीमा संलग्न व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।