• गृहपृष्ठ
  • वडाध्यक्ष खड्काको शव नेपाल ल्याउने तयारी

वडाध्यक्ष खड्काको शव नेपाल ल्याउने तयारी

Jan 16th, 2020

राँझा, २ माघ (रासस)

भारतको बहराइचस्थित एक होटलमा मृतावस्थामा भेटिएका कोहलपुर नगरपालिका–१२ का वडाध्यक्ष कृष्णबहादुर खड्काको शव नेपाल ल्याउने तयारी गरिएको छ ।

खड्काको शव ल्याउन नेपाली प्रतिनिधि टोली बहराइच पुगेको छ । भारतीय प्रहरीको सहयोगमा खड्काको शव नेपाल ल्याउने तयारी भइरहेको कोहलपुर नगरपालिकाका प्रेस संयोजक भीम रावतले जानकारी दिनुभयो । उहाँका अनुसार, बुधबार नै खड्काको शव नेपाल ल्याउने बताइए पनि शव परीक्षणका लागि समय लागेकाले आज शव नेपाल ल्याउने तयारी भइरहेको छ ।

वडाध्यक्ष खड्काको शव बुधबार बिहान बहराइचस्थित एक होटलमा फेला परेको थियो । खड्काको मृत्युको कारण अझै खुल्न सकेको छैन । मङ्गलबार सुर्खेतको मेहलकुना जाने भनि घरबाट हिड्नुभएका वडाध्यक्ष खड्का भारतमा मृतवस्थामा भेटिनुभएको हो । घटनाबारे नेपाल प्रहरीले पनि आवश्यक अनुसन्धान गरिरहेको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिनुभयो ।

तत्कालीन नेकपा एमालेबाट उम्मेदवार भई वडाध्यक्षमा निर्वाचित खड्का नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० बाँके जिल्ला कमिटी सदस्य हुनुहुन्थ्यो ।