• गृहपृष्ठ
  • राप्रपा केन्द्रीय कार्य समितिको पूर्ण बैठक आगामी माघ १७ गते

राप्रपा केन्द्रीय कार्य समितिको पूर्ण बैठक आगामी माघ १७ गते

Jan 16th, 2020

काठमाडौ, माघ २

राप्रपा केन्द्रीय कार्य समितिको पूर्ण बैठक आगामी माघ १७ गतेदेखि काठमाडौंमा बस्ने भएको छ । बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको भावी कार्यनीति र कार्यक्रम तय गरिनुका साथै आगामी जेठ महिनामा हुने पार्टीको केन्द्रीय महाधिवेशनको तयारी सम्बन्धमा घनीभूत छलफल हुने राप्रपाका प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

बिज्ञप्तीमा उल्लेख भए अनुसार प्रत्येक तीन महिनामा बस्ने केन्द्रीय समितिको बैठकमा अध्यक्ष कमल थापाले समसामयिक राजनीति सम्बन्धि राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन ।