• गृहपृष्ठ
  • ट्याक्टरको टेलरमा मोटरसाइकल ठक्कर खाँदा एक जनाको मृत्यु

ट्याक्टरको टेलरमा मोटरसाइकल ठक्कर खाँदा एक जनाको मृत्यु

Jan 16th, 2020

बारा, माघ २

कलैया उपमहानगरपालिका १८ मनगढवास्थित सडकमा ना.१५ प ५७४३ नम्बरको मोटरसाइकल हाल नम्बर नखुलेको ट्याक्टरको टेलरमा बिहीबार बिहान ठक्कर खाँदा मोटरसाइकल चालक वीरगंज महानगरपालिका २४ मनगढवा बस्ने ३५ वर्षीय धुलन्दर कुमार गिरीको घटनास्थल मै मृत्यु भएको छ ।

फरार ट्याक्टर चालकको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।