सुनका गहना तथा नगद चोरी

Jan 16th, 2020

ललितपुर, माघ २

महालक्ष्मी नगरपालिका २ थासीटोलस्थित सुमित्रा नरालको घरमा कोही नभएको अवस्थामा बुधबार बिहान सुनका विभिन्न गहना र नगद २५ हजार रुपैयाँ समेत गरी करिब १ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।