अवैध लागूऔषध सहित पक्राउ

Jan 16th, 2020

काठमाडौं, माघ २

चन्द्रागिरी नगरपालिका २ नागढुंगाबाटअवैध लागूऔषध चरेश एक किलो १५ ग्राम सहित दुुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रामेछाप उमाकुण्ड गाउँपालिका १ बस्ने २३ वर्षीय फुर्बा शेर्पा र २२ वर्षीय जिप छिरिङ शेर्पा रहेका छन् ।

महानगरीय प्रहरी प्रभागनागढुंगाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४१ प ९८४२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल चालक फुर्बाले बोकेको झोलाभित्र लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

सुर्खेत, बिरेन्द्रनगर नगरपालिका १० तिनकुनेस्थित रत्न राजमार्गबाट २ जनालाई १ सय ८० मिलीग्राम ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने बसन्त दर्लामी र बिमल दर्लामी रहेका छन् । प्रदेश प्रहरी कार्यालय ब्यूरो र जिल्ला प्रहरी कार्यालयबाट खटिएकोसंयुक्त प्रहरीलेउक्त पदार्थ सहित दुबै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।