• गृहपृष्ठ
  • २६ अंकले बढ्यो नेप्से , अन्य बाहेक सबै समुहले कमाए

२६ अंकले बढ्यो नेप्से , अन्य बाहेक सबै समुहले कमाए

Jan 16th, 2020

काठमाडौ, माघ २

नेप्से आज बिहिबार २६ अंकले बढेर १३ सय १० दसमलव २३ अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ पनि तीन दसमलव नौ अंकले बढेर दुुई सय ८२ दसमलव ८७ अंकमा चढेकोे छ । एक सय ८१ कम्पनीहरुको १७ हजार दुई सय ९५ वटा कारोवारमा ५० लाख २५ हजार पाँच सय ६३ कित्ता सेयर खरिद बिक्री हुुंदा कारोवार रकम एक अर्ब ६९ करोड ९९ लाख ९५ हजार एक सय सात रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुुंदा अन्य समुहको घटेर बाँकी समुहको सुचक उच्च अंकले बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १९ दसमलव ३८ अंकले बढेर ११ सय ६३ दसमलव ३० अंकमा पुगेको छ । बिकास बैंक समुहको सुचक ४१ दसमलव ८४ अंकले बढेर १७ सय ८१ दसमलव २६ अंकमा पुुगेको छ । जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुुलक र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा एनआईबिल प्रगती फण्ड परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा महिला सहयात्रा लघुुबित्त बित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज हिमालयन डिष्ट्रिलरी प्राली परेको छ ।