• गृहपृष्ठ
  • हिमालय मोटरक्र्सले सबैभन्दा बढी माईलेज दिने बिद्युुतीय बस सञ्चालनमा ल्याउने , एक पटक फुल चार्ज गरेपछि एक हजार किलोमिटरसम्म गुड्ने

हिमालय मोटरक्र्सले सबैभन्दा बढी माईलेज दिने बिद्युुतीय बस सञ्चालनमा ल्याउने , एक पटक फुल चार्ज गरेपछि एक हजार किलोमिटरसम्म गुड्ने

Jan 16th, 2020

काठमाडौ, माघ २

सबैभन्दा बढी माइलेज दिने विद्युतबाट सञ्चालन हुने सार्वजनिक/निजी/पर्यटकीय/स्कूल बसको बारेमा सर्वसाधारणहरुलाई जानकारी प्रदान गरिएको छ । हिमालय अर्गनाइजेशन अन्तर्गतको हिमालय मोटरक्र्सले बजारमा ल्याउन लागेको विद्युतीय सवारी अष्ट्रेलियन टेक्नोलोजीद्धारा निर्मित बसले दिने माईलेजको बारेमा जानकारी प्रदान गरिएको हो ।

हाल नेपालमा डिजेल तथा पेट्रोलबाट सञ्चालनमा आउने सार्वजनिक यातायातले अत्यधिक वायु प्रदुषण भइरहेको छ । यसको प्रयोग पश्चात त्यहि वायुप्रदुषणका कारण क्यान्सर, मिर्गौला, मुटुरोग जस्ता जटिल रोगको शिकार भई अकालमा ज्यान गुमाउनु परिरहेको छ । नसर्ने रोगको कारक तत्वको रुपमा प्रदुषण पनि हो । यातायातको साधनबाट निस्कने धुवाँबाट अत्याधिक प्रदुषण हुन्छ भन्ने यहाँहरुलाई विदितै छ । यातायातबाट हुने प्रदुषणको शिकार उपत्यका लगायत देशका प्रमुख शहरहरुले पनि सहिरहेको छ ।

नेपाल सरकारले वातावरण मैत्री सवारीलाई प्राथमिकता दिने निती अनुरुप हामीले विद्युतबाट सञ्चालन हुने सार्वजनिक/ निजी/ पर्यटकीय / स्कूल बस अब चाँडै बजारमा ल्याउँदै छौ । यो बसले वातावरणलाई समेत सहज गर्ने छ । यी सवारी कम्तिमा १५ सिट देखिका माक्रोबस र ४२ सिटसम्मका बसहरु हुनेछन् साथै कार तथा जिपहरु समेत उत्पादन गर्ने ब्रिक्सन कम्पनीले जनाएको छ । विद्युतीय सवारी नेपालमा नआएका होइनन् तर त्यसको प्रयोग पश्चात फोहोर हुने र यसलाई व्यवस्थापन गर्न नसकिएको वर्तमान परिपे्रक्ष्यमा यस कम्पनीले ब्याट्रीलाई पुनः रिसाइकल गरी प्रयोग गर्न सकिने साथै ब्याट्रीको ग्यारेन्टी २० वर्ष रहेको कम्पनीले जानकारी दिएको छ ।

हिमालय अर्गनाइजेशन अन्तर्गतको हिमालय मोटरक्र्सले बजारमा ल्याउन लागेको विद्युतीय सवारी अष्ट्रेलियन टेक्नोलोजी द्धारा निर्मित छ यो सवारीलाई फुल चार्ज गर्न ४ देखि ८ घण्टासम्म लाग्दछ । साथै एक पटक फुल चार्ज गरिसकेपछि एक हजार किलोमिटरसम्म गुडाउन सकिन्छ । कम्पनीले मुख्य गरी सार्वजनिक/ निजी/ पर्यटकीय / स्कूल तथा लामो दुरीमा समेत प्रयोग गर्न मिल्ने र वातावरणमैत्री समेत रहेकोले ग्राहकहरुका लागि उपयुक्त हुने विश्वास गरिएको हिमालय मोटरक्र्सका प्रबन्ध निर्देशक ध्रुव थापाले जानकारी दिएकाछन ।