• गृहपृष्ठ
  • उल्भ्सलाई हराउँदै म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा

उल्भ्सलाई हराउँदै म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा

Jan 16th, 2020

काठमाडौँ, २ माघ

म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा प्रवेश गरेको छ। म्यानचेस्टर युनाइटेडले   उल्भ्सलाई हराउँदै एफए कपको चौथो चरणमा प्रवेश गरेको हो। बुधबार राति भएको तेस्रो चरणको रि–प्ले खेलमा उल्भ्सलाई १–० गोलले हराउँदै युनाइटेड चौथो चरणमा प्रवेश गरेको हो । 

युनाइटेडको जितमा ६७ औँ मिनेटमा जुआन माटाले एक मात्र निर्णायक गोल गरे । माटाले गरेको गोलले नै युनाइटेडलाई जित दिलायो । उल्भ्सका लागि पेड्रो नेटोले सुरुवाती गोल गरेता पनि भिएआर मार्फत हेर्दा ह्याण्डबल देखिएकाले सो गोलले मान्यता पाएन ।

जितसँगै युनाइटेड अब चौथो चरणमा वाटफोर्ड वा ट्रेन्मेयरसँग प्रतिस्पर्धा गर्नेछ ।