• गृहपृष्ठ
  • फ्रेन्च लिग : पीएसजीद्वारा मोनाको पराजित , लिगमा ८ अंकको अग्रता

फ्रेन्च लिग : पीएसजीद्वारा मोनाको पराजित , लिगमा ८ अंकको अग्रता

Jan 16th, 2020

काठमाडौँ, २ माघ

फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मन (पीएसजी) ले मोनाकोमाथि सादनार जित निकालेको छ ।  बुधबार राति भएको खेलमा पीएसजीले मोनाकोलाई उसकै मैदानमा ४–१ ले हराएको हो ।

पीएसजीको जितमा केलियन एमबाप्पले दुई, नेयमार र पाब्लो सर्बियाले एक एक गोल गरे । मोनाकोका लागि  तइमौके बकायोकोले एक गोल फर्काए ।

खेलको  २४ औं मिनेटमा एम्बाप्पेको गोलबाट  पीएसजीलाई  सुरुवाती अग्रता लिएको थियो। पहिलो हाफको इन्जुरी  समयको  दोश्रो मिनेटमा पेनाल्टीमार्फत नेइमारले दोश्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । त्यस्तै खेलको ७२ औं मिनेटमा साराबियाले टोलीका लागि तेश्रो गोल गरे र अग्रता थप बलियो बनाए भने दोस्रो हाफको इन्जुरी समयमा एमबाप्पेले ब्यक्तिग दोस्रो गोल थप्दै पीएसजीलाई जित दिलाय ।

मोनाकोका लागि बाकायोकोले खेलको ८७ औं मिनेटमा एक गोल फर्काए ।

जितसँगै शीर्ष स्थानमा रहेको पीएसजीले २० खेलबाट ४९ अंक बनाएको छ ।  दोस्रो स्थानको मार्सेलीको समान २० खेलबाट ४१ अंक रहेको छ । मोनाको लिगको नवौं स्थानमा रहेको छ।