• गृहपृष्ठ
  • युभेन्टस कोपा इटालियाको क्वाटरफाइनलमा, डिवालाले गरे दुई गोल

युभेन्टस कोपा इटालियाको क्वाटरफाइनलमा, डिवालाले गरे दुई गोल

Jan 16th, 2020

काठमाडौँ, २ माघ

युभेन्टस कोपा इटालियाको क्वाटरफाइनलमा प्रवेश गरेको छ। घरेलु मैदानमा बुधबार राति भएको खेलमा उडिनिजलाई ४-० ले पराजित  गर्दै  युभेन्टस क्वाटरफाइनलमा प्रवेश गरेको हो। युभेन्टसको जितमा डिवालाले दुई तथा गोन्जालो हिगुइन र डग्लस कोस्टाले एक एक गोल गरे ।

खेलको १६ औं मिनेटमा ह्युगिनको गोलबाट  युभेन्टसले  सुरुवाती अग्रता लिएको थियो। २६औं मिनेटमा डिबालाले पेनाल्टी मार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । डिबालाले ५८औं मिनेटमा  पुनः गोल गर्दै युभेन्ट्सको अग्रता थप बलियो बनाए । उनले हिगुइनको पासमा पोस्ट् नजिकबाट गोल गरेका थिए । त्यस्तै खेलको ६१ औं मिनेटमा पाएको पेनाल्टीमा कोस्टाले गोल गरे र युभेन्टसलाई जित दिलाय ।