• गृहपृष्ठ
  • सामाजिक, सांस्कृतिक तथा आर्थिक परिवर्तन ल्याउन बाँकी छ : वरिष्ठ नेता नेपाल

सामाजिक, सांस्कृतिक तथा आर्थिक परिवर्तन ल्याउन बाँकी छ : वरिष्ठ नेता नेपाल

Jan 15th, 2020

सर्लाही, १ माघ (रासस)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रियसभाका उम्मेदवारलाई दायाँबायाँ नगरी मतदान गर्न आग्रह गर्नुभएको छ ।

जेवी टुहुरेको ‘निरन्तरता भाग चार’ कार्यक्रमलाई सम्बोधन गर्न सर्लाही आउनुभएका नेता नेपालले देशभक्तिको भावनासहित नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० र राजपाको संयुक्त गठबन्धनबाट खडा भएका चार उम्मेदवारलाई आफ्ना मतदाताले दायाँबायाँ नगरी मतदान गर्न र जिताएर सामाजिक, सांस्कृतिक तथा आर्थिकरूपमा परिवर्तन ल्याउन सहयोग गर्न आग्रह गर्नुभयो । यही माघ ९ मा हुने राष्ट्रियसभाको निर्वाचनमा प्रदेश नं २ बाट नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० बाट राधेश्याम पासवान र तुलसा दाहाल साथै राजपाबाट मृगेन्द्रकुमार सिंह यादव र शेखरकुमार सिंह गरी नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० र राजपाको संयुक्त गठबन्धनबाट चार जना चुनावी मैदानमा रहनुभएको छ ।

उहाँले सामाजिक, सांस्कृतिक तथा आर्थिक परिवर्तनमा गीतसङ्गीतको ठूलो महत्व रहेको र टुहुरेले पञ्चायतीकालदेखि नै सामाजिक, सांस्कृतिक तथा आर्थिक परिवर्तन ल्याउन गीतसङ्गीतको यात्रामा लाग्नुभएको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले पञ्चायतीकाल विरुद्ध राजनीतिक सिद्धान्तलाई सार्थक बनाउन गीतसङ्गीतका रूपमा परिमार्जन गरी नेपाली राजनीतिमा परिवर्तन ल्याउन अरु टुहुरे जन्मिनु आवश्यकता रहेको बताउनुभयो ।

सर्लाहीको हरिवन नगरपालिका– ५ मा रहेको चेतना सन्देश नेपालद्वारा सञ्चालित द्वन्द्वपीडित बालगृहमा मङ्गलबारदेखि शुरु भएको चौतारी साँझ कार्यक्रमलाई सम्बोधन गर्न आज सर्लाही आउनुभएका पूर्वप्रधानमन्त्री नेपाल र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवसमक्ष उखु किसानले आफूहरुको उखुको बाँकी बक्यौता नपाएको गुनासो गर्नुभएको थयो । जनताको विश्वास इमान्दारीसाथ पूरा गर्ने नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का केन्द्रीय सदस्य तथा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रायले प्रतिबद्धता जनाउनुभयो ।

जेवी टुहुरे फाउण्डेशनको आयोजनामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य बेची लुङ्गेली, डिल्लीप्रसाद उप्रेती, राष्ट्रियसभाका उम्मेदवार तुलसा दाहाल, राधेश्याम पासवान, सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनराज जिसी, सबै नगरपालिका तथा गाउँ पालिकाका प्रमुख तथा उपप्रमुखका साथै पार्टीका विभिन्न तह र तप्काका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।