• गृहपृष्ठ
  • एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

Jan 15th, 2020

काठमाडौं, माघ १

सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित कोशी व्यारेजबाट एपीएफ टोलीले माघ १ गते करीव दुई लाख आठ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

ना १ ख ८७६३ नम्बरको यात्रुवाहक बसमा अवैध रुपले लैजाँदै गरेको अवस्थामा उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेस भारदहबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
यसैगरी पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित बाईपास रोडबाट एपीएफ टोलीले माघ १ गते करीव एक लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा ईलोक्ट्रोनिक्स सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले बरामद गरेको छ । यसैगरी धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिका ५ स्थित कठालबाट माघ १ गते एपीएफ टोलीले करीव एक लाख ३७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खजुरीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान एपीएफ टोलीले भन्सार कार्यालय जनकपुरमा बुझाएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण हेक्वा रौतहटबाट खटिएको एपीएफ टोलीले माघ १ गते करीव एक लाख २२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको किराना सामान तथा १२ थान मोवाईल सेट एपीएफ टोलीले रौतहट जिल्लाको गरुडा नगरपालिका ५ स्थित शिवनगरबाट बरामद गरेको हो । बरामद सामान एपीएफ टोलीले भन्सार कार्यालय गौरमा बुझाएको छ ।