• गृहपृष्ठ
  • ज्योति विकास बैंकको प्रमुख रेमिट भुक्तानी साझेदारमा जीएमई रेमिट नियुक्त

ज्योति विकास बैंकको प्रमुख रेमिट भुक्तानी साझेदारमा जीएमई रेमिट नियुक्त

Jan 15th, 2020

काठमाडौं, माघ १

ज्योति विकास बैंक अन्तर्गतको ज्योति रेमिटको प्रमुख भुक्तानी साझेदारको रुपमा जीएमई रेमिट नियुक्त भएको छ । रेमिट सेवालाई ग्राहकवर्गको लागि अझ सहज बनाउने हेतुको साथ ज्योति विकास बैंकले उक्त साझेदारी गरेको छ ।

सम्झौता पत्रमा ज्योति विकास बैंकका तर्फबाट बैंकका नायब महाप्रबन्धक सुशील कुमार शर्मा तथा जीएमई रेमिटको तर्फबाट जीएमई रेमिटका सिओओ प्रमोद सिंह बस्नेतले हस्ताक्षर गरेका हुुन । सम्झौता पश्चात ज्योति रेमिट बाट पठाइएको रकमलाई नेपालभरी जीएमईका कुनै पनि एजेन्ट बाट भुक्तानी लिन सकिने छ । जीएमईको नेपालभर रहेका ७५०० भन्दा बढी भुक्तानी प्रतिनिधि तथा उपप्रतिनिधिहरु मार्फत ज्योति रेमिटको सेवा ग्राहकवर्गहरुले प्राप्त गर्नेछन् ।

हाल ज्योति विकास बैंकले १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४३ वटा ब्त्ः मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । साथै यस आर्थिक बर्ष भित्र नै अन्य थप २५ स्थानबाट समेत ब्त्ः मार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको छ । हालसम्म बैंकले २ लाख ४० हजारभन्दा बढि खाताबाट रु. ३३ अर्बभन्दा बढि निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई रु. २८ अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ ।