थप २३ स्थानमा नबिल बैंकको शाखा बिस्तार

Jan 15th, 2020

काठमााडौ, माघ १

नबिल बैंकले थप २३ स्थानमा शाखा बिस्तार गरेको छ । पछिल्लो समयमा नेपालको विकसित,अर्ध–विकसित तथा ग्रामीण स्थानहरुमा समेत आफ्नो उपस्थितिलाई दरिलो बनाउदै एवम् अत्यावश्यक  वित्तिय सेवाको प्रत्याभुत गराउँदैै आएको नबिलले आमजनमानसमा सरल र सुलभ वित्तिय पहुच पु¥याउने उदेश्यका साथ नेपालको विभिन्न स्थानमा हाल स्थापित भएका शाखाहरू अतिरिक्त थप २३ स्थानमा आफ्ना शाखा संजाल बढाएको जानकारी दिएको छ ।

बैंकका अनुसार यसरी बढाईएका शाखाहरुमा प्रदेश १मा इनरुवा, बिराटचोक, दुहवी, हिले, उर्लाबारी र गाईघाट, प्रदेश २ मा र्मिचैया, गोलबजार, शिराहा र चन्द्रपुर , प्रदेश ३ मा कमलबिनायक, हात्तिगौडा, कपन, गजुरी, बनेपा, पनौती र पर्सा, प्रदेश ४ मा गैँडाकोट, दलदले र कावसोती र प्रदेश ५ मा चन्द्रौटा , बर्दाघाट र मणिग्राम रहेकाछन ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समयअनुकुल सेवा प्रदान गर्दै आएको नबिलको १०२ शाखा, १४३ एटिएम र १५०० भन्दा बढि नबिलरेमिट एजेन्टहरु छन् । साथसाथै बैंकले देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् उच्चस्थरीय सेवा प्रदान गर्दै अघि बढ्ने विश्वास लिएको छ ।