• गृहपृष्ठ
  • छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

Jan 15th, 2020

काठमाडौं, माघ १

धादिङ र धनुषामा भएका सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । धादिङको धुनिवेशी नगरपालिका ६ जामुनेस्थित सडकमा मंगलबार साँझ बा.३ क ११०३ नम्बरको आईचर गाडीको ठक्करबाट मकवानपुर थाहा नगरपालिका ११ बस्ने रवि तामाङको ३ वर्षीय छोरा कुनाल तामाङको घटनास्थलमै मृत्यु भएको छ । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी धनुषाको लक्ष्मिनिया गाउँपालिका ६ ढल्केबरस्थित सडकमा ज.१ क २८३ नम्बरको बसले ज.१० प ३५३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिई मंगलबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । दुर्घटनाबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक क्षिरेश्वरनाथ नगरपालिका ३ पर्सा पकडिया बस्ने १८ वर्षीय संतोष ठाकुर र मोटरसाइकलमा सवार सोही स्थान बस्ने १९ वर्षीय मोबारक राईनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुबै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।