• गृहपृष्ठ
  • डोटी अस्पताललाई सुविधा सम्पन्न बनाइने : मुख्यमन्त्री भट्ट

डोटी अस्पताललाई सुविधा सम्पन्न बनाइने : मुख्यमन्त्री भट्ट

Jan 15th, 2020

डोटी, १ माघ (रासस)

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जिल्ला अस्पताल डोटीलाई सुदूरपश्चिमको सुविधा सम्पन्न अस्पताल बनाइने जानकारी दिनुभएको छ । जिल्ला अस्पताल डोटीको आज निरीक्षण भ्रमण गर्नुहुँदै उहाँले जिल्ला अस्पतालमा नयाँ उपकरणको विस्तार गरी सुविधा सम्पन्न बनाउने प्रदेश सरकारको तयारी रहेको छ भन्नुभयो ।

सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले जिल्ला अस्पताल चिकित्सक दरबन्दी थप गर्ने जानकारी दिनुभयो । पछिल्लो समयमा स्वास्थ्य संस्थाहरुमा कूल दरबन्दीको १३ प्रतिशत अभाव रहेका छ । जिल्ला स्वास्थ्य कार्यालय डोटीले दिएको जानकारी अनुसार जिल्लाका नौ स्थानीय तहका ५९ स्वास्थ्य संस्थामा कूल ३०८ दरबन्दीमध्ये हाल २६७ मात्रै पदपूर्ति रहेको छ ।