• गृहपृष्ठ
  • मञ्जुश्री फाइनान्सको १२ औं साधारण सभा सम्पन्न

मञ्जुश्री फाइनान्सको १२ औं साधारण सभा सम्पन्न

Jan 15th, 2020

काठमाडौ, माघ १

मञ्जुश्री फाइनान्स लिमिटेडको १२ औं वार्षिक साधारण सभा मिति २०७६ पौष २९ गते थापागाँउ व्याङकेट, नयाँ बानेश्वरमा सम्पन्न भएको छ । साधारण सभाले आ.व. २०७५/०७६ को लागि प्रस्तावित ९.८० प्रतिशत नगद लाभांश (वोनश शेयर तथा नगद लाभांशको कर समेत) र १.७५ प्रतिशत बरावरको वोनस शेयर वितरण गर्ने निर्णय पारित गरेको छ ।

संस्थाको यसअघि सम्मको चुक्ता पूँजी रु. ८०,४०,६०,२१०।– रहेको छ । यस फाइनान्सको पौष मसान्त सम्म रु. ७ अर्ब ७० करोड निक्षेप संकलन तथा रु. ६ अर्ब ७७ करोड कर्जा लगानी रहेको छ । संस्थाको संचालक समितिमा सर्वसाधारण शेयरधनिहरुको तर्फवाट प्रतिनिधित्व गर्न इन्दिरा पण्डित घिमिरे र श्री चिन्तामणी गौतमलाई आगामि ४ वर्षको लागि सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ ।

केन्द्रिय कार्यालय, नयाँ बानेश्वर काठमाण्डौंमा रहेको फाईनान्स न्युरोड काठमाण्डौ, नारायणगढ, बुटवल, धनगढी, इटहरी, बिराटनगर, नेपालगञ्ज, धरान, पोखरा तथा बिरगञ्ज शाखाबाट कारोबार गरिरहेको राष्ट्रिय स्तरको वित्तिय संस्था हो ।