• गृहपृष्ठ
  • कामना सेवा र नेपाल क्लियरिङ्ग हाउसबिच आर.टि.जि.एस. सम्झौता

कामना सेवा र नेपाल क्लियरिङ्ग हाउसबिच आर.टि.जि.एस. सम्झौता

Jan 15th, 2020

काठमाडौ, माघ १

ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवा विकास बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउसबिच यही पुस २८ गते आर.टि.जि.एस. सम्झौता सम्पन्न भएको छ । नेपाल क्लियरिङ्ग हाउससँग भएको सम्झौता अनुसार बैंकका ग्राहकहरुले आईपिएस, कनेक्ट आईपिएस सुविधाअन्र्तगत आर.टि.जि.एस. सुविधा प्राप्त गर्न सक्नेछन्, जसबाट अन्तर बैंक भुक्तानी सुविधामा सहजता आउनेछ । यस अघि बैंकले नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागसँग पनि आर.टि.जि.एस. सम्झौता गरि सकेको छ ।

बैंकले देशका विभिन्न स्थानमा ११४ वटा शाखा तथा ६० वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदानगर्दै आएको छ। साथै बैंकले एबिबिएस, एसएमएस बैंकिङ, मोवाईल बैंकिङ लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।