• गृहपृष्ठ
  • ज्योति विकास बैंकको १२ औं बार्षिक साधारण सभा सम्पन्न

ज्योति विकास बैंकको १२ औं बार्षिक साधारण सभा सम्पन्न

Jan 15th, 2020

काठमाडौ, माघ १

ज्योति विकास बैंकको १२ औं बार्षिक साधारण यही पुुस २९ गते काठमाडौंमा सम्पन्न गरेको छ । उक्त साधारण सभामा आ.व. २०७५/७६ को बार्षिक प्रतिवेदन, आ.व. २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती लगायतका नियमित प्रस्तावहरु बाहेक सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन सम्बन्धी कार्यक्रम रहेको थियो । उक्त निर्वाचन सम्बन्धी प्रस्तावमा जम्मा एक जना शेयरधनी, मन महर्जनको मात्र उम्मेदवारी परेकोले नीज महर्जन निर्विरोध निर्वाचित भएकाछन ।

आ.व. २०७५/७६ को नाफा नोक्सान बाँडफाँड हिसाब मार्फत् १२.७५ प्रतिशत बोनश शेयर जारी गर्ने प्रस्ताव लगायत अन्य सम्पूर्ण प्रस्तावहरु सर्वसम्मतले पारित भएको बैंकका कम्पनी सचिव तथा सूचना अधिकृत पारस राज कँडेलले जानकारी दिए । उक्त कार्यक्रममा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले सञ्चालक समितिको तर्फबाट प्रतिवेदन पेश गर्दै बैंकले सामाजिक उत्तरदायित्वलाई केन्द्रविन्दुमा राखेर शेयरधनीहरुलाई उचित लाभाँश दिँदै सम्पूर्ण नागरिकहरुको हितमा आफ्ना गतिविधिहरु सञ्चालन गरिरहेको जानकारी दिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृतले शेयरधनीहरुको जिज्ञाशाको जवाफ दिने क्रममा बैंकले तय गरेको उद्देश्य, दुरदृष्टि, ध्येय तथा आधारभूत मूल्यमान्यताहरुमा अडिग रहेर व्यवस्थापनले आफ्ना क्रियाकलापहरु अघि बढाएको जानकारी दिए ।