• गृहपृष्ठ
  • ‘जनअधिकार कुण्ठित हुन नदिन काँग्रेसको सचेततामा जोड’

‘जनअधिकार कुण्ठित हुन नदिन काँग्रेसको सचेततामा जोड’

Jan 14th, 2020

महोत्तरी, २९ पुस (रासस)

नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले जनताका अधिकार कुण्ठित हुन सक्ने अवस्था आउन नदिन काँग्रेसकै सचेतता आवश्यक रहेको बताउनुभएको छ । मनराशिशवा नगरपालिका–९ बथनाहामा काँग्रेस महोत्तरीले आयोजना गरेको पार्टीका महासमिति सदस्य ललनकुमार राय श्रद्धाञ्जलिसभामा महामन्त्री डा कोइरालाले प्राप्त राजनीतिक उपलब्धिको रक्षा काँग्रेसको मुख्य अभिभारा भएको बताउनुभयो ।

कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरी, कल्याण गुरुङ, रामकृष्ण यादव, सरिता प्रसाईँ, पार्टी महोत्तरीका सभापति महेन्द्रकुमार राय, पार्टी सिन्धुली सभापति उज्ज्वल बरालसहितका नेताले रायप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभयो । राजपा नेपालका केन्द्रीय नेता सुनिलकुमार रोहित, मनराशिशवा नगरपालिकाका प्रमुख सञ्जयकुमार सिंहसहितका विभिन्न दलका नेता कार्यकर्ताले नेपालको प्रजातान्त्रिक आन्दोलनमा रायको योगदानको चर्चा गर्दै श्रद्धाञ्जलि व्यक्त गर्नुभयो । पञ्चायतकालमा प्रजातन्त्र स्थापनाका लागि काँग्रेसमा आबद्ध भई लामो योगदान दिनुभएका मनराशिशवा–१० का बासिन्दा ५७ वर्षीय रायको पुस २२ गते बर्दिवास–५ मा सडक दुर्घटनामा परी निधन भएको थियो । राय काँग्रेसका महासमिति सदस्य हुनुहुन्थ्यो ।