• गृहपृष्ठ
  • आइ.सि.एफ.सि. फाइनान्सको १६ औं साधारण सभा सम्पन्न

आइ.सि.एफ.सि. फाइनान्सको १६ औं साधारण सभा सम्पन्न

Jan 14th, 2020

काठमाडौ, पुुस २९

आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडले आफ्नो सोह्रौं वार्षिक साधारण सभा आज मंगलबार, तदानुसार जनवरी १४, २०२० का दिन सि.एम.डि. फुडल्याण्ड, टंगाल, काठमाण्डौमा सम्पन्न गरेको छ ।

सभाबाट आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट चुक्ता पूँजीको ८ प्रतिसत (आठ प्रतिशत) नगद लाभांश तथा ५ प्रतिसत (पाँच प्रतिशत) बोनश शेयर दिने प्रस्ताव सर्वसम्मतबाट पारित गरेको छ । वार्षिक साधारण सभाले संस्थाको नियामावली अनुसार सर्वसाधारण समुहबाट प्रतिनिधित्व गर्ने सञ्चालक पदमा निर्विरोध निर्वाचित हुनु भएका तीन जना संचालकहरु टंकराम गौतम, अच्युतराज आचार्य र श्रीमती हेमशिखा जोशी गर्गलाई आगामी चार (४) वर्षको लागि सर्वसम्मतबाट संचालकमा चयन गरेकोे छ । साथै, आर्थिक वर्ष २०७६/७७ को लागि बा≈य लेखापरीक्षक एस.ए.आर.एसोसिएट्सलाई नियुक्त गरेको छ ।

चुक्ता पूँजी रु. ८८ करोड २१ लाख रहेको यस फाइनान्सले हालसम्म आफ्नो १८ वटा शाखा तथा १ एक्सटेन्सन काउन्टार र १७ वटा ए.टि.एम. मार्फत ७८ हजार भन्दा बढी ग्राहकलाई सेवा दिनुका साथै रु. ११ अर्व ३९ करोड निक्षेप संकलन र रु. ९ अर्व ३९ करोड कर्जा प्रवाह गरिसकेको छ ।