• गृहपृष्ठ
  • सांग्रिला डेभलपमेन्ट बैंकको १५ औं वार्षिक साधारण सभा सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैंकको १५ औं वार्षिक साधारण सभा सम्पन्न

Jan 14th, 2020

काठमाडौ, पुुस २९

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आज मंगलबार काठमाडौ महानगरपालिका वडा नं ६ लैनचौर स्थित लैनचौर ब्याङ्क्वेटमा आफ्नो १५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त साधारण सभाले आ. व.२०७५/०७६ को सञ्चालक समितिको वार्षिक प्रतिबेदन पारित गर्नुको साथै लेखापरिक्षण प्रतिवेदन सहित २०७६ आषाढको वित्तीय अवस्थाको विवरण, नाफा–नोक्सान विवरण तथा विस्तृत आयको विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु स्वीकृत गरेको छ । सभाले चालु आ.व. २०७६र७७ को लागि श्याम कार्की एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्टस्लाई बाह्य लेखापरिक्षकमा नियुक्त गरेको छ ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजी रु.२,६०,६६,४०,४०० को ८.९५९३ प्रतिसत (कर सहित)ले हुन आउने रु २३,३५,३७,२९६/९६ (अक्षरेपी रु. तेईस करोड पैंतीस लाख सैंतीस हजार दुई सय छयानब्बे रुपैया र पैसा छयानब्बे मात्र) नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाले स्वीकृत गरेको छ । उपरोक्त बमोजिमको बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ८९ शाखा कार्यालयहरु, २६ एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।