• गृहपृष्ठ
  • लुम्बिनी विकास बैंकको १२ औं वार्षिक साधारण सभा सम्पन्न

लुम्बिनी विकास बैंकको १२ औं वार्षिक साधारण सभा सम्पन्न

Jan 14th, 2020

काठमाडौं, पुुस २९

राष्ट्रियस्तरको विकास बैंककोे रुपमा स्थापित लुम्विनी विकास बैंकको आज मंगलबार सम्पन्न भएको १२ औं वार्षिक साधारण सभा विकास बैंकका अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा सम्पन्न भएको छ । साधारण सभाद्धारा संचालक समितिको तर्फबाट अध्यक्षज्यूको प्रतिवेदन, आ.व २०७६ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव र सोही अवधीको नगद प्रवाहको विवरण लगायतका अनुसूचीहरु पारित गरेको छ ।

सभाले २०७५÷७६ सम्मको सञ्चित मुनाफाबाट असार मसान्तसम्म कायम सेयर पुँजीको ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभाशं वितरण गर्ने निर्णय पारित गरेको छ । उक्त बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २ अर्ब ७१ करोड ६३ लाख पुगेको छ । लिमिटेडले निरन्तर सहयात्रा भन्ने नाराका साथ देशभरका ६६ शाखाहरु र १६ वटा एटिएमबाट आफ्ना करिब २ लाख ४० हजार ग्राहक महानुभावहरुलाई उच्च स्तरीय आधुनिक एवं नविनतम प्रविधि सहितको बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । बैंकको २०७६ मंसीर मसान्त सम्म कर्जा लगानी रु २३ अरब ९४ करोड, साथैे निक्षेप संकलन रु २७ अरब ८ करोड रहेको छ ।

हाल बैंकले आफ्ना ग्राहकहरुलाई निशुःल्क डेविट कार्ड वितरण गर्नुका साथै उक्त कार्डबाट नेपालभित्रका कुनै पनि बैंकका भिजा नेटवर्क अन्र्तगतको एटिएमबाट रकम झिक्दा कुनै पनि अतिरिक्त शुःल्क नलाग्ने व्यवस्था मिलाएको छ ।