सात अंकले घट्यो नेप्से

Jan 14th, 2020

काठमाडौ, पुुस २९

नेप्से आज मंगलबार सात दसमलव ४८ अंकले घटेर १२ सय ६३ दसमलव ३८ अंकमा पुुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दुुई अंकले घटेर दुुई सय ७४ दसमलव २८ अंकमा झरेकोे छ । नेप्सेमा आज एक सय ८३ वटा कम्पनीहरुको ११ हजार तीन सय १० वटा कारोवारमा ३७ लाख ६६ हजार नौ सय ८२ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब दुुई करोड ६४ लाख ४३ हजार छ सय ६६ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा सात वटा समुहको सुचक घटेर पाँच वटा समुहको सुचक बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १० दसमलव ३६ प्रतिसले घटेर ११ सय १६ दसमलव ७६ अंकमा पुुगेको छ । जलबिद्युुत समुहको सुचक पनि ११ दसमलव ३५ अंकले घटेर एक हजार २३ दसमलव छ अंकमा पुगेको छ । यसैगरी निर्जिवन बीमा, जीवन बीमा, उत्पादनमुुलक, लघुुबित्त र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन । बिकास बैक, फाईनान्स, टे«डिङ, होटल र अन्य समुहको सुचक भने बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा रैराङ हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीह्रुको सुचीमा दिव्येश्वरी हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज प्रभुु बैंकको संस्थापक सेयर परेको छ ।