• गृहपृष्ठ
  • जबरजस्ती करणी सम्बन्धी कसुरमा चर्चका पाष्टर जोशी पक्राउ

जबरजस्ती करणी सम्बन्धी कसुरमा चर्चका पाष्टर जोशी पक्राउ

Jan 14th, 2020

ललितपुर, पुस २९

जबरजस्ती करणी सम्बन्धी कसुरमा चर्चका पाष्टर पक्राउ परेकाछन । महानगरीय प्रहरी परिसर जावलाखेल ललितपुरले चर्चका पाष्टर बिश्वास जोशी भन्ने धु्रवबाबु जोशीलाई २०७६।०९।२८ गते साँझ पक्राउ गरेको हो ।

पीडितको भनाईलाई उद्धृत गर्दे प्रहरीले भनेको छ, आफुमा भएको रोगहरु समेत सो चर्चमा गए पश्चात् राम्रो हुन्छ भन्ने बिश्वास लागी आशा विश्वासी मण्डली चर्चमा प्रार्थना गर्न जाने सिलसिला सो चर्चका पास्टर भन्ने व्यक्तिले मलाई भेटी तिमीले नराम्रो काम गरेको कारण तिमीलाई यस्तो रोग लागेको हो । सो पाप मेटाउनको लागी तिमीले म सँग शारिरीक सम्पर्क गर्नुपर्छ भनि म प्रार्थना बस्दा परमेश्वरले मलाई भन्नु भएको छ । त्यस्तैले तिमीले म सँग शारिरीक सम्पर्क गर्नुपर्छ र तिमीले गरेको पाप नाश भएर जान्छ भनि मलाई ललाई फकाई बिश्वास दिलाई बिगत तीन महिनामा पहिलो पटक ललितपुर जिल्ला ल.पु.म.न.पा. अन्तर्गत चापागाँउ मोडको एक गेष्ट हाउसको कोठामा बोलाई मेरो ईच्छा विपरीत ढोका बन्द गरी निज पाष्टरले मलाई करणी गर्नु भयो । मैले तिमीलाई शारिरीक सम्पर्क गरेको कुरा कोही कसैलाई भनेमा मलाई परमेश्वरले दिएको शक्ति नाश भएर जान्छ,तिमीले कसैलाई भनेमा तिमीलाई जे पनि गर्छु भनि धम्की दिई आएको । दोस्रो पटक पीडित आफुले संचालन गरेको पसलमा आई जबरजस्ती करणी गर्न खोज्दा अस्विकार गर्दा तिमीले म सँग पहिला पनि शारिरीक सम्पर्क गरी सकेका छौ, तिम्रो परिवार तथा साथी भाईलाई चर्चमा हल्ला गरी दिन्छु भनी डरत्रासमा पारी पुनः सोही पसलको कोठामा जबरजस्ती करणी गरे ।

त्यस्तै गरी अन्तिम पटक अन्तिम पटक २०७६ पौष महिनाको पहिलो हप्तातिर सोही पसल कोठामा डर,त्रास र दवादमा पारी जबरजस्ती करणी गरेको भन्ने पिडीतको लिखित जाहेरीको आधारमा चर्चका पाष्टर जोशीलाई पक्राउ गरेका हौ, प्रहरीले भनेको छ ।