विभिन्न धनमाल चोरी

Jan 14th, 2020

काठमाडौं, पुस २९

काठमाडौं महानगरपालिका ५ भत्केको पुल डेरा गरी बस्ने दोलखा घर भएका ४२ वर्षीय विष्णु बहादुर कार्कीको कोठाबाट सुनको विभिन्न गहना र नगद ३० हजार रुपैयाँ गरी करिब १६ लाख ३३ हजार रुपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ ।

ललितपुरको महानगरपालिका २५ भैंसेपाटी बस्ने राजन केसीको घरबाट सुनचाँदीका विभिन्न गहना र ५० हजार रुपैयाँ नगद गरि करिब १ लाख १३ हजार रुपैयाँ बराबरको धनमाल सोमबार बिहान चोरी भएको छ ।

चोरीमा संलग्न व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।