आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

Jan 14th, 2020

काठमाडौं, पुस २९

बर्दीया, बढैयाताल गाउँपालिका ६ मैनापोखर बजार बस्ने शिव कुमार थारुको फेन्सी पसलमा सोमबार बेलुका करेन्ट सर्ट भई आगलागी हुँदा करिब २० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका १३ खैरियास्थित गौतम प्लास्टिक फयाक्ट्रीमा मंगलबार बिहान करेन्ट सर्ट भई आगलागी हुँदा प्लास्टिकको कवाड तथा बिजुलीको ट्रान्सफर्मर समेत जलेर करिब २६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।