• गृहपृष्ठ
  • मोरङ्ग उद्योग संङ्गठनलाई नाडाबाट स्वागत

मोरङ्ग उद्योग संङ्गठनलाई नाडाबाट स्वागत

Jan 14th, 2020

काठमाडौ, पुुस २९

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले नाडा कै सचिवालयमा मोरङ्ग उद्योग सङ्गठनका अध्यक्ष भिम घिमिरेको नेतृत्वमा आएको पाँच सदस्यीय प्रतिनिधि मण्डललाई स्वागत गरेको छ । यही २०७६ फागुन २ गते देखि १० गतेसम्म सञ्चालन हुने बिराट एक्स्पो २० एग्रो एण्ड इन्टरनेशनल एक्सीभिसन को प्रवद्र्धनका सन्दर्भमा आएको सो प्रतिनिधि मण्डललाई नाडाले स्वागत गरेको नाडाले जानकारी दिएको छ ।

आफनै सचिवालयमा स्वागत गर्दे अध्यक्ष दुलालले नाडालाई देशव्यापी बनाउन पहल भईरहेको भन्दै नेपालको पहिलो अटो उद्योग हुलास मोटर्स पूर्व मै स्थापना भएको, लुव्रिकेण्टस उद्योगहरु पनि धेरै पूर्व मै स्थापना भएको बताउनु भयो । र अव पनि अटोमोवाइल उद्योग स्थापना गर्नका लागि उद्योग सङ्गठन मोरङ्गले पहल गरोस भन्ने इच्छा व्यक्त गर्नू भयो ।

सोहि छलफल तथा भेटघाट कार्यक्रममा मोरङ्ग उद्योग संङ्गठनका अध्यक्ष भिम घिमिरेले अध्यक्ष दुलाललाई निर्विरोध निर्वाचित हुनु भएकोमा बधाई दिदै उहाँको नेतृत्व एतिहासिक होस भन्ने कामना पनि गर्नु भयो । उहाँले उद्योग व्यवसायको खस्किदो अवस्थालाई उठाउन नाडाले आवश्यक पहल गरोस, अटोमोवाइल व्यवसायको प्रवद्र्धन र सम्बद्र्धनका लागि नाडाले उल्लेख्य भूमिका निर्वाह गर्न सक्छ भन्नु भयो । सोही छलफलमा बिराट एक्स्पो २० एग्रो एण्ड इन्टरनेशनल एक्सीभिसनका संयोजक भोलेश्वर दुलालले सो एक्सपो बारे जानकारी दिदै उक्त प्रदर्शनीमा सहभागिताका लागि औपचारिक रुपमा निमन्त्रणा समेत दिनु भयो ।

उक्त छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगाएत महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, सहकोषाध्यक्ष विक्रम सिंहानिया र केन्द्रीय कार्य समिति सदस्य मिलनबाबु मल्ल, निलमणी पाठक, धु्रव थापा, शुभासिस थपलिया र पंकज अग्रवालसमेतको उपस्थिति रहेको थियो । त्यसैगरी मोरङ्ग उद्योग सङ्गठनको प्रतिनिधि मण्डलमा अध्यक्ष भिम घिमिरे लगायत भोलेश्वर दुलाल, सुयस प्याकुरेल, सुबोध कोइराला तथा चुँडामणी भट्टराई समेतको उपस्थिति रहेको थियो ।