• गृहपृष्ठ
  • ‘ए’ डिभिजन लिग फुटबल : एनआरटीद्वारा पुलिस पराजित

‘ए’ डिभिजन लिग फुटबल : एनआरटीद्वारा पुलिस पराजित

Jan 13th, 2020

काठमाडौँ, २८ पुस (रासस)

न्यूरोड टिम (एनआरटी) ले नेपाल पुलिस क्लबलाई पराजित गर्दै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा तेस्रो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा एनआरटीले पुलिसलाई १–० गोलअन्तरले पराजित गर्दै जारी लिगमा तेस्रो जित हासिल गरेको हो ।

एनआरटीको जितमा दर्शन गुरुङले गोल गरे । उनले खेलमने ७६औँ मिनेटमा गोल गरेका थिए । राजेश परियारको पासमा दर्शनले पेनाल्टी बक्सको मध्यभागबाट गोल गरेका थिए । यससँगै एनआरटीले आठ अङ्क जोडेको छ । यता पराजित पुलिसको पनि समान आठ अङ्क नै छ । जितपछि एनआरटी छैटौं स्थानमा उक्लेको छ भने पुलिस सातौं स्थानमा छ ।