• गृहपृष्ठ
  • आइएस समूहका नौ लडाकूद्वारा आत्मसमर्पण

आइएस समूहका नौ लडाकूद्वारा आत्मसमर्पण

Jan 13th, 2020

असादाबाद ,अफगानिस्तान, २८ पुस (रासस/सिन्ह्वा)

अफगानिस्तानको पूर्वी प्रान्त कुनारमा इस्लामिक स्टेट्स (आइएस) समूहका नौ लडाकूले अफगान सेनासमक्ष आत्मसमर्पण गरेका सैनिक स्रोतले सोमबार जानकारी दिएको छ ।

आइएसका नौ लडाकूले आइतबार कुनार प्रान्तको मानोगे जिल्लामा अफगान राष्ट्रिय सेनासमक्ष आत्मसमर्पण गरेका हुन । हालका केही महिनायता १ हजार ३ सय भन्दा बढी आइएस लडाकूले हातहतियारसहित कुनार र छिमेकी प्रान्त नान्गाहार स्थानीय सरकारी अधिकारीहरुसमक्ष आत्मसमर्पण गरेका जारी विज्ञप्तिमा जनाइएको छ ।