• गृहपृष्ठ
  • नेपाल इन्भेष्टमेन्ट बैंकको ३३ औँ बार्षिक साधारण सभा सम्पन्न

नेपाल इन्भेष्टमेन्ट बैंकको ३३ औँ बार्षिक साधारण सभा सम्पन्न

Jan 13th, 2020

काठमाडौ, पुुस २८

नेपाल इन्भेष्टमेण्ट बैंककोे ३३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संचालक समितिका अध्यक्ष पृथ्वीबहादुर पाँडेको अध्यक्षतामा राष्ट्रिय सभा गृह, प्रदर्शनीमार्ग, काठमाडौँमा सम्पन्न साधारण सभाले संचालक समितिको प्रतिवेदनपारित गर्नुका साथै नेपाल राष्ट्र बैंकको निर्देशानुसार नेपाल फाईनान्सीयल रिर्पोटिङ सिस्टम (एनएफआरएस) बमोजिमतयार वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साधारण सभाले २०७५–७६ सम्मको संचित मुनाफाबाट २०७६ आषाढ मसान्तसम्ममा कायम शेयर पूँजीको १०.५ प्रतिशत बोनस शेयर र ८.५ प्रतिशत नगद लाभाशं दिने प्रस्ताव पनि पारित गरेको छ ।

बैंकको चुक्ता पुंजी रु. १४ अर्ब २२ करोड (पारित १०.५ प्रतिशतबोनस सहित) पुगेको छ र बैंकले आ.व. २०७५–७६ मा रू.४ अर्ब १३ करोडको सञ्चालन मुनाफा कमाएको छ । त्यसै गरी बैंकको खुद नाफा ३ अर्ब ३२ करोड पुगेको छ र बैंकको निक्षेप ८.४५ प्रतिशतले बढेर रू. १ खर्ब ५२ अर्ब पुगेको छ भने कर्जा लगानी ५.२३ प्रतिशतले बढेर रू.१ खर्ब २७ अर्ब पुगेको छ । बैंकको खराब कर्जा (एन.पि.ए.) अनुपात २.७८ प्रतिशत रहेको छ ।

बैंकले हालमा विस्तारित शाखाहरु सहित गरेर ८२ वटा शाखा कार्यालय, १६ वटा एक्सटेन्सन काउन्टर, १० वटा राजश्व संकलन एक्सटेन्सन काउन्टर, ५७ वटा शाखारहित बैंकिङ सुविधा तथा १२४ वटा एटिएमबाट सेवा दिइरहेको छ । बैंक अफ दिइयर पाँच पटक प्राप्त गरिसकेको र युरोमनी नामक अन्तर्राष्ट्रिय पत्रिकाबाट युरोमनी अवार्ड प्राप्त गरिसकेको छ ।