• गृहपृष्ठ
  • नेप्सेमा करेक्सन जारी , दुबै सुचक उच्च अंकले बढे

नेप्सेमा करेक्सन जारी , दुबै सुचक उच्च अंकले बढे

Jan 13th, 2020

काठमाडौ, पुुस २८

साताको दोस्रो दिन सोमबार पनि नेप्सेमा करेक्सन देखिएको छ । आज नेप्से १५ दसमलव १४ अंकले बढेर १२ सय ७० दसमलव ८६ अंकमा पुुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि तीन दसमलव ५५ अंकले बढेर दुुई सय ७६ दसमलव २८ अंकमा पुगेको छ । एक सय ८३ वटा कम्पनीहरुको १९ हजार तीन सय ५० वटा कारोवारमा ५५ लाख १८ हजार छ सय ३६ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब ७० करोड ५० लाख ६० हजार छ सय ६४ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंदा दुुई वटा समुहको सुचक घटेर बाँकी समुहको सुचक बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १४ दसमलव ८१ अंकले बढेर ११ सय २७ दसमलव १२ अंकमा पुगेको छ । बिकास बैंक समुहको सुचक पनि १२ दसमलव ५३ अंकले बढेर १७ सय ५३ दसमलव ३० अंकमा पुगेको छ । जलबिद्युुत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, बाहेक टे«डिङ, होटल, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन । उत्पादनमुुलक र लघुुबित्त समुहको सुचक भने घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा घोडाघोढी लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नयाँ नेपाल लघुुबित्त बित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज नेपाल टेलिक पहिलो स्थानमा परेको छ ।