neapl investment mega bank
  • गृहपृष्ठ
  • उत्पादन घट्दा कन्दमुलमा पनि विदेशको भर, संक्रान्तिको लागि कति सखरखण्ड आयात भयो भारतबाट ?

उत्पादन घट्दा कन्दमुलमा पनि विदेशको भर, संक्रान्तिको लागि कति सखरखण्ड आयात भयो भारतबाट ?

Jan 13th, 2020

काठमाडौं २८ पुष

माघे संक्रान्तिमा उपभोग गरिने तरुल सदरखण्ड लगाएतका कन्दमुल नेपालमा पर्याप्त उत्पादन गर्न नसक्दा माग अनुसार आपूर्ति हुन सकेको छैन । स्वदेशी उत्पादनले धान्न नसकेपछि भारतबाट आयात गर्नुपरेको छ ।

माघेसंक्रान्ति नजिकिय संगै तरुल, सखरखण्ड, पिंडालु लगायतका तरकारीले बजार चलायमान भएको छ । माघेसंक्रन्तीमा तरुल सखरखण्ड जस्ता कन्दमुल खाने परम्परा रहेकोले यी बस्तुको माग पनि बढ्ने गरेको हो । माग अनुसराको आपूर्ति नहुँदा आयातित कन्दमुल बजारमा छ्यापछ्याप्ती पाइन्छन् ।

भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७६ ७७ को पाँच महिनामा भारतबाट ४७ लाख १४ हजार रुपैयाँ बराबरको सखरखण्ड आयात भएको छ ।

माग बढेकै कारण यतिबेला यी तरकारी धेरै भित्रिएको कालिमाटी बजार विकास समितिले जनाएको छ। कालिमाटी बजारमा पुस महिनामा करिव ७ सय टन तरुल, १ सय ५ टन सखरखण्ड र १ सय १५ टन पिंडालु भित्रिएको समितिले जनाएको छ ।

तरुल र पिंडालु नेपाली उत्पादनले धाने पनि सखरखण्डमा भने विदेशको भर पर्नु परेको छ । आर्थिक वर्ष २०७१ ७२ देखि २०७६र ७७ सम्ममा सखरखण्ड मात्र ३ करोड ७८ लाख ८१ हजार ९ सय मूल्यको आयात भएको छ ।

स्वदेशमा पर्याप्त उत्पादन नहुँदा माघेसंक्रान्तिका लागि मात्र भारतबाट ५० टन सम्म सखरखण्ड आयात गर्नुपरेको व्यापारीहरू बताउँछन् ।

यसैगरी यस वर्ष तरुलको माग अनुसार उत्पादन नभएपछि गतवर्षको तुलनामा १० देखि १५ प्रतिशत महँगो भएको व्यावसायीहरु वताउँछन् ।

गत वर्ष प्रतिकेजी ४० रुपैयाँमा पाउने तरुल यस वर्ष प्रतिकेजी ५० रुपैयाँ पर्छ । गत वर्षको तुलनामा यस वर्ष नेपाली तरुलको उत्पादन घटेको हुँदा मूल्य महँगो भएको हो ।

कालीमाटी बजारमा धेरैजसो सर्लाही, सल्यानलगायतका जिल्लाबाट आउँछन् । विभिन्न तराई तथा पहाडी जिल्लाबाट कालीमाटी बजारमा दैनिक २ सय ५० देखि ३ सय टन तरुल भित्रिने गरेको समितिको तथ्याकंमा उल्लेख छ।

यी तरकारी करिव ५० प्रतिशत सर्लाही जिल्लाबाट मात्रै तथा बाँकी ५० प्रतिशत धादिङ, चितवन, काभ्रे, मकवानपुर, नुवाकोट, नवलपरासी, पाल्पा, लगायतका जिल्लाबाट आयात गरेको समितिले जनाएको छ ।