हातहतियार सहित मानिस पक्राउ

Jan 13th, 2020

म्याग्दी, २८ पुस

बेनी नगरपालिका २ भकुण्डेबाट ३०३ भी ८९४० नम्बरको राईफल १ नाल, सोको म्याग्जिनमा लोड भएको गोली ७ राउण्ड, लोड गरी राखिएको भरुवा बन्दुक १ थान र सोको बारुद छर्रा ३ डब्बा कच्चा पदार्थ सहित सोही स्थान बस्ने ३० वर्षीय रेशम सापकोटालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले सापकोटाको घर तलासी गर्दा उक्त हातहतियार सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।