• गृहपृष्ठ
  • पेनाल्टीमा एथ्लेटिकोलाई हराउँदै रियलले जित्यो सुपर कपको उपाधि

पेनाल्टीमा एथ्लेटिकोलाई हराउँदै रियलले जित्यो सुपर कपको उपाधि

Jan 13th, 2020

काठमाडौँ, २८ पुस

रियल मड्रिडले एथ्लेटिको मड्रिडलाई पराजित गर्दै  स्पानिस सुपर कपको उपाधि जितेको छ ।

आइतबार  साउदी अरेबियाको किङ् अब्दुल्लाह सिटीमा भएको फाइनल खेलमा रियल मड्रिडले
एथ्लेटिको म्याड्रिडलाई पेनाल्टी सुटआउटमा ४–१ ले हराउँदै स्पेनिस सुपरकपको उपाधि जितेको
हो  ।

निर्धारित तथा अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।  जसमा रियल ४–१ ले विजयी भयो । रियलका लागि पेनाल्टी सुटआउटमा डानी कार्भाहल, लुका मोडरिच, रोड्रिगो र कप्तान सर्गियो रामोसले गोल गरे । एथ्लेटिकोका साउल निगुएज र थोमस पार्टीले पेनाल्टीमा गोल गर्न चुकेपछि उपाधि रियल मड्रिडले
जितेको हो  ।

खेलको ११५ औं मिनेटमा रियलका फेडेरिक भेलभर्डले रातो कार्ड पाएका थिए र मैदान बाहिर जानुपरेको थियो। अन्तिम ५ मिनेट रियल १० खेलाडीमा सिमित बनेको थियो ।