• गृहपृष्ठ
  • भन्सार छलि ल्याउँदै गरेको विभिन्न कम्पनीका मोबाइल बरामद

भन्सार छलि ल्याउँदै गरेको विभिन्न कम्पनीका मोबाइल बरामद

Jan 13th, 2020

काठमाडौं, २८ पुस

चन्द्रागिरी नगरपालिका २ नागढुंगाबाट भन्सार छलि ल्याउँदै गरेको करिब १९ लाख २५ हजार रुपैयाँ मुल्य बराबरको विभिन्न कम्पनीका ७५ थान मोबाइल शनिबार बिहान प्रहरीले बरामद गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीलेवीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.६ ख १५३४ नम्बरको बस जाँच गर्ने क्रममा बसको सिटमुनि लुकाइछिपाई ल्याउँदै गरेको अवस्थामा उक्त मोबाइल फेला पारी बरामद गरेको हो ।

बरामद मोबाइल आवश्यक अनुसन्धान तथा कारवाहीका लागि भन्सार कार्यालय सानो गौचर पठाइएको उक्त प्रभागले जनाएको छ ।