एक हजार पाँच सय लिटर घरेलु मदिरा नष्ट

Jan 12th, 2020

बनेपा, २७ पुस (रासस)

प्रहरीले बनेपाका बसपार्क र पुल बजार आसपासमा रहेका भट्टी पसलबाट बरामद गरेका घरेलु मदिरा आज नष्ट गरिएको छ । ती भट्टीपसलमा गरिएको जाँचका क्रममा फेला पारिएको मदिरा आज वडा नं ९ र १० का वडाध्यक्षको उपस्थितिमा नष्ट गरिएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले गाउ्रँगाउँबाट ल्याएर बनेपाका भट्टीपसलमा मदिरा बेचबिखन गर्ने गरेको पाइएको र त्यसबाट हिंसात्मक घटना हुन सक्ने भएकाले निषेध गर्नका लागि अभियान सञ्चालन गरिएको स्पष्ट गर्नुभयो ।