सेलपे सेवाको कारोवार सीमा थप

Jan 12th, 2020

काठमाडौ, पुुस २७

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन बमोजिम आफ्नो मासिक कारोवारको सीमा रकम अधावधिक गरेको छ । नेपालराष्ट्र बैंकद्वारा प्रकाशित भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०७६ बमोजिम ग्राहकवर्गले सेलपेबाट पीटुुपी अर्थात पर्सन टुु पर्सन रकम स्थानान्तरण एक पटकमा रु.२५ हजार, दैनिक रु. १ लाख र मासिक रु. ५ लाख सम्म गर्न सक्नेछन ।

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवाहो । सेलपेका अन्य विशेषताहरु अन्तर्गत बास्तविक समयमा भुक्तानी, बिना वालेट कारोबार गर्न सकिने, सुरक्षित लोयाल्टि पोइन्टस पाइने आदि रहेकाछन ।

सेलपेद्धारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुलभुक्तानी, विभिन्नपसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनीट्रान्सफर, पर्सन टुु पर्सन ( पिटुुपी) पर्सन टुु बैंक (पिटुुबी), बैंक टुु पर्सन (बिटुुपी) र बैंक टुु बैंक (बिटुुबी) आदिवास्तविक समयमा गर्न सकिन्छ । यस सेवामार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवालिन सक्नेछन् । सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्प स्टोरमा उपलब्ध छ ।