नेप्से एकै दिन ४२ अंकले बढ्यो

Jan 12th, 2020

काठमाडौ, पुुस २७

नेप्से आज आईतबार एकै दिन ४२ दसमलव ६१ अंकले बढेर १२ सय ५५ दसमलव ७२ अंकमा पुुगेको छ । सेन्सिटिभ पनि आठ दसमलव ४७ अंकले बढेर दुुई सय ७२ दसमलव ७३ अंकमा पुगेको छ । नेप्सेमा आज एक सय ७९ कम्पनीहरुको १५ हजार नौ सय सात वटा कारोवारमा ३८ लाख ३१ हजार ५४ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब ३३ करोड ५७ लाख ४७ हजार नौ सय ६७ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा १२ वटै समुहको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक २७ दसमलव तीन अंकले बढेर ११ सय १२ दसमलव ३१ अंकमा पुुगेको छ । बिकास बैंक समुहको सुचक पनि ४३ दसमलव ३३ अंकले बढेर १६ सय ९० दसमलव ७७ अंकमा पुगेको छ । जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«ेडिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन ।

बढी कमाउने कम्पनीको सुचीमा आज पहिलो नेपाल इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा माउन्टेन हाईड्रो पावर कम्पनी पहिलो स्थानमा परेको छ । यसैगरी बढी रकम कारोवार भएको आधारमा भने आज नेपाल लाईफ इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा परेको छ ।