बर्नली चेल्सीसँग ३–० गोलले पराजित

Jan 12th, 2020

काठमाडौँ, २७ पुस

इंग्लिस प्रिमियर लिगमा बर्नलीलाई पराजित गर्दै प्रभावशाली जित निकालेका छ । गएराति भएको खेलमा चेल्सीले बर्नलीलाई ३–० गोलले हराएको हो ।

खेलमा जर्जिन्होले चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । २७ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै जर्जिन्होले टिमलाई सुरुवाती अग्रता दिलाए ।  टमी अब्राहमले ३८औँ मिनेटमा
अग्रता दोब्बर पारे र कलुम हड्सन ओडीले ४९औँ मिनेटमा गोल गर्दै चेल्सीलाई सहज जित दिलाए ।

जितसँगै  ३९ अङ्क बनाएको चेल्सी चौथो स्थानमा छ । पराजित भएको बर्नली २४ अंकसहित १५ औं स्थानमा छ ।