• गृहपृष्ठ
  • लिभरपुलसँग टोटनह्याम पराजित ,६१ अंकसहित शीर्ष स्थानमा

लिभरपुलसँग टोटनह्याम पराजित ,६१ अंकसहित शीर्ष स्थानमा

Jan 12th, 2020

काठमाडौँ, २७ पुस

इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुलले टोटनह्याम हराएको छ । गएराती टोटनह्यामको मैदानमा भएको खेलमा टोटनह्याम लिभरपुलसँग १-० ले पराजित भएको हो।

लिभरपुलको जितमा रोवर्टो फिर्मिनोले खेलको  ३७ औं मिनेटमा निर्णायक गोल गरेका थिए।

जितसँगै जारी लिगमा लिभरपुल ६१ अंक सहित शीर्ष स्थानमा रहेको छ  । पराजित भएको टोटनह्याम २२ खेलबाट ३० अंकसहित आठौं स्थानमा पुगेको छ ।