• गृहपृष्ठ
  • उदय विनायक महिला वचत तथा ऋण सहकारी संस्थाले सम्पन्न गर्यो १६औं साधारण सभा

उदय विनायक महिला वचत तथा ऋण सहकारी संस्थाले सम्पन्न गर्यो १६औं साधारण सभा

Jan 11th, 2020

काठमाडौँ, २६ पुस

उदय विनायक महिला वचत तथा ऋण सहकारी संस्थाले आफ्नो १६औं साधारण सभा सम्पन्न गरेको छ ।

सभामा ललितपुर जिल्ला वचत तथा ऋण सहकारी संघकी लक्ष्मी शाक्यले प्रमुख अातिथ्यता गर्दै यस उदय विनायक वचत तथा ऋण सहकारी संस्थालाई जस्तो सुकै सहयोग गर्ने प्रतिवद्वता गरिन् ।

सभाका विशेष अतिथी महालक्ष्मी नगरपालिका वडा नं ७ का नकुल थापाले संस्थाले उल्लेख्य प्रगति गर्ने छ भन्ने विचार व्यक्त गरे ।

संस्थाले जेष्ठ सदस्य बट्टाई कार्कीलाई दोसल्ला ओढाई सम्मान गर्दै उत्कृष्ट ऋणी सीता पौडेल, असल वचत कर्ता तारा खत्री, उत्कृष्ट सेयर धनि लक्ष्मी बानियाँलाई सम्मान गर्यो ।

संस्थाले हाल सम्म ४०० सदस्य विस्तार गरि हाल ४९ लाख ७३ हजार ४ सय ११ रुपैयाँ निक्षेप संकलन गरेको संस्थाकी कोषा अध्यक्ष रबिता पौडेलले जानकारी दिनुका साथै कार्यक्रमको सभा पतित्व लक्ष्मी बानियाँले गरेकी थिईन ।