• गृहपृष्ठ
  • गुणस्तरीय प्रहरी सेवा प्रवाह गर्ने मेरो एक मात्र उद्धेश्य छ : प्रहरी नायव महानिरीक्षक पोखरेल

गुणस्तरीय प्रहरी सेवा प्रवाह गर्ने मेरो एक मात्र उद्धेश्य छ : प्रहरी नायव महानिरीक्षक पोखरेल

Jan 11th, 2020

काठमाडौं, पुस २६

सुशासन, आर्थिक पक्षमा जिरो टोलिरेन्स र प्रहरीको आचरण व्यवहारमा सुधार गरी गुणस्तरीय प्रहरी सेवा प्रवाह गर्ने आफ्नो एक मात्र उद्धेश्य रहेको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले बताउनु भयो ।

महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर र सामुदायिक सेवा केन्द्र बानेश्वरको संयुक्त आयोजनामा शनिबार विहान अर्पण ब्याङकेट नयाँबानेश्वरमा आयोजित सुरक्षा सुदृढीकरणसम्बन्धी अन्तरक्रिया तथाजनचेतना मुलक कार्यक्रमलाई सम्बोधन गर्नुहुदै सो कुरा बताउनु भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रमुख अतिथी पोखरेलले आर्थिक अनियमितता, भष्ट्राचारलाई निर्मुलपार्न नसकिए मुलुकमा सुशासन र आर्थिक समृद्धि आउन नसक्ने भएकाले प्रहरीले दिने सेवा प्रवाहमा कुनै कर्मचारी आर्थिक अनियमीततामा संलग्न भएमा आफुले त्यसलाई कहिल्यै भ्हअगकभ नगर्ने कारवाही गरेरै छाड्ने बताउनु भयो । सुशासन, समृद्धि र दिगो शान्तिको लागि सरकारले जुन आकांक्षा बोकेको छ त्यो पूरा गर्न तपाईहाम्रो भूमिका पनि जरुरी छभन्दै हाम्राआकांक्षाहरुमा सरकारको भूमिका मात्र खोज्ने प्रवृत्तिले देश बन्न नसक्ने र सरकारको आकांक्षामा मेरो भूमिका कहा छ भनी खोजी गरिनुपर्ने बताउनु भयो ।

गलत साथी संगतिका कारण युवाहरूमा लागुऔषध दुर्व्यसनी भयाबह रूपमा देखिएको भन्दै त्यसलाई न्यूनीकरण गर्न परिवारकै सदस्यहरू लाग्नु पर्ने बताउनु भयो । आफ्ना बालबच्चालाई पर्याप्त समय दिई उनीहरू कहाँ जान्छन, के गर्दैछन, किन केका लगी खर्च माग्दैछन् भनेर बेलैमा सचेत भएमा दुर्व्यसनीमा नफस्ने उहाले बताउनु भयो ।

बाहिर निस्किदा सुगन्धित सडक, मर्या्दित समाज, आचरण व्यवहारले समुन्नत नागरिक शान्त(सुरक्षित समाज बनाउने कुरामा पनि योगदान दिनु पर्दछ भन्ने कुरा कहिले पनि नभुल्नुस भनि स्मरण गराउदै महिला हिंसा, बलात्कारका वा आत्महत्याका घटना रोकथाम गर्न रेगुुलर पुलिसिंङबाट मात्र संभव नभएकाले यस्तो घटना रोकथाम, नियन्त्रण गर्ननै समुदाय प्रहरी साझेदारी कार्यक्रम ल्याईएको जानकारी दिंदै यस प्रकारको कार्यक्रमले हामी सबैलाई बढि भन्दा बढि जिम्मेवार र कर्तव्य उन्मुख बनाउने कुरा प्रमुख अतिथि पोखरेलले बताउनु भयो ।

कार्यक्रममा प्रा.डा. वासुदेव त्रिपाठी, स्थानिय प्रतिनिधिहरुले मन्तव्य राखेका थिए । यसै गरी मानव सेवा आश्रमका कलाकारहरू र अचेल नाट्य समुहका कलाकारहरूले लागुऔषधको सेवनले समाजमा पार्ने नकरात्मक प्रभाव र कसरी लागुऔषधको कुलतमा पर्दछन भनी जनचेतनामुलक नाटक प्रदर्शन गरेका थिए ।